Thursday, March 10, 2016

चीन र तिब्बतसंग नेपालको युद्ध






हेम शाही ठकुरी

नेपालका लागी तिब्बत प्राग ऐतिहासिक काल देखी राम्रो बजार थियो नेपाली ब्यापारीहरूले आफ्नो ब्यापारीक सम्बन्ध तिब्बतमा अती राम्रो राखेका थिए। नेपलका राजा अंसुर्वमाले छोरी भृकुटीको विवाह तिब्बतका राज स्रङचगं गम्पोसँग गरिदीनुका साथै थुप्रै नेपाली ब्यापारी तथा सरकारी कर्मचारी हरूले तिब्बती केटी विवाह गर्ने गर्दथे। व्यापारीक रूपमा पनी नेपालका लागी यो सम्बन्ध लाभ कारक थियो किन भनें तिब्बत आफैले सिक्का बनाउदैनथ्यो नेपाली चांदीका पैसा नै तिब्बतका पनी पैसाका रूपमा उपयोग हुन्थे।

तर त्यो राम्रो सम्बन्ध तब बिग्रन थाल्यो जब मल्ल राजा हरूले काठमाडौं एकिकरणको अवस्था तिर शुद्ध चांदीका पैसा नपठाइ मिसावटी चाँदीका पैसा पठाउन थाले, जब पृथ्वी नारायण शाहले उपत्यका एकिकरण संपन्न गरे तिब्बतले मिसावटी मुद्रा लाई शुद्ध चांदीका मुद्राले साट्नुपर्ने माग गर्यो।
उनले यदी तिब्बती माग पुरा गरेमा आफुलाइ ठूलो घाटा हुने देखे त्यसैले उनको देहान्त सम्म यो मुद्धा यथास्थितिमा रह्यो। साना राजा रणवाहदुर शाही रिजेन्ट भएकी राजमाता रानी राजेन्द्र लक्ष्मीले सन १८८८मा यो मुद्रा समस्या हल गर्ने प्रयास गरिन साथै नेपाल तिब्बत संबधमा अर्को दुखद घटना स्यामर्पा लामा र उनका १४ चेला हरूलाइ नेपालले सरण दिने भन्ने कुराले घटन पुग्यो। उनी तिब्बतबाट राजनीतिक तथा धर्मिक कारणले गर्दा नेपाल पसेका थिए। त्यसैगरी अर्को कारण तिब्बत बाट नेपाल आउने सबै नुन तिब्बतले नेपाल लाई त्यसबेला उपलब्ध गराइ रहेको नुन अत्यान्त निम्न स्तरको नुन थियो तिब्बत नेपालले दिएको चेतावनीको वेवास्ता गर्दै युद्धको तयारी गर्न थाल्यो। त्यसैपछी नेपाली हरूले तुरून्त तिब्बतमा थुप्रैठांउ बाट आक्रमण बनाउन बाध्य भए।

 नेपाल तिब्बत चिन युद्ध 
आफुसँग अर्को कुनै उपाय नभएकाले तिब्बती हरूले केरूंग सन्धी गरेका थिए दलाइ लामाले समयमा कसै बाट कुनै पनी सहयोग पाउन नसकेकाले उनी अप्ठेरो पारगर्न वार्षीक ५०००० जरिवाना तिर्न राजी भएका थिए, त्यसैले त्यो रकम त्यो वर्ष तिरे पनी अर्को वर्ष तिरेनन नेपालले यसलाइ आफ्नो अपमान ठान्यो त्यसैले राजकुमार बाहदुर शाह अर्को युद्धको तयारी गर्न लागे। केरूगं दख्खलः काजी अभिमान सिहं बस्नेत लाई केरूगं मोर्चाको नेतृत्व दिइ क्यापटेन कालुपान्डे, सरदार जसवन्त भण्डारी र सरदार रणजित कुंवर लाई अन्य कमान्डर नियुक्त गरियो।उनिहरूको लाई दिइएको जिम्मवारी झुंगा कब्जा गरी काजी दामोदर पान्डेलाइ भेटी दिर्घाचा कब्जा गर्न सघाउनु थियो।

कुती दख्खल  :
यो अभियानका कमान्डर काजी दामोदर पान्डे थिए क्यापटेन बम शाह, काजी जहर सिंह बस्नेत, सरदार प्रितम राना मगर, टकसारी नरसिंह गुरुगं उनका साहयक कमान्डर थिए, उनीहरूको काम कुती कब्जा गरी दिर्घाचा कब्जा गर्न काजी अभिमान सिंह सँग भेटनु थियो। खार्ता दख्खलस् पुर्वीनेपालको संखुवासभाको चैनपुर बाट अगाडी बढेको यो सैन्य टोलीको नेतृत्व काजी किर्तीमान सिंह बस्नेतले गरेका थिए भने उनका साहयक कमान्डर हरू सुब्बा पदम सिंह बस्नेत तथा सुब्बा मधु शाही थिए। यिनी हरू खार्ता कब्जा गरी कुतीमा दामोदर पान्डे लाई भेटी दिर्घाचा कब्जा गर्न खटिएका थिए।

मुख्य युद्ध

रसुवा गढी र टिमुरे सैनिक सहयोग र रसद पानी का लागी महत्वपुर्ण मुकाम थिए त्याहा मल्ल काल देखी नै यौटा किल्ला बनाइएको थियो त्यसै गरी दुगुना गढी र लिस्ती नजीकैका लजिस्टीक ब्याकअप विन्दु थिए। नेपाली सैनिक नेपाल चिन तिब्बत सिमा नाघी त्याहा पुगे किन भनें की रक्षात्मक लडांइ का लागी तिठांउ उपयुक्त थिए।सबै कमान्डर हरूले आफ्नो जिम्माका अभियान सजिलै सकि दिर्घाचा नराम्रो सँग हान्न पुगे र लामा हरू सबै पछाडी हट्न बाध्य भए नेपाली कमान्डर हरूले ५० धार्नी सुन र १ लाख रूपैया युद्धको क्षतीपुर्ती स्वरूप दिर्घाचामा रहेका तिब्बती अधिकारी हरू सँग माग गरे।लामा हरूले त्यो तिर्न अस्विकार गरे। नेपाली सेना नेपाल फर्के पछि दलाइ लामा र तिब्बतमा रहेका चिनीया अम्बानले चिनीया बादशाह लाई नेपालीको आक्रमण तथा तुरून्तै सैन्य साहयताको जानकारी गराए।


यता नेपालमा भने नेपाली हरू खुसी मानाइ रहेका थिए बाहदुर शाह निकै प्रशिद्ध भए उनलाइ सुयोग्य बाबुका सुयोग्य छोराको रूपमा सम्मान गरियो।तर रमाइलो त्यतीबेला अर्कै मोड लियो जब ठूलो चिनीया सेना नेपाल विरूद्ध तिब्बत लाई सहयोग गर्न ८ मार्च १७९२मा लासा पुगीसकेको खबर नेपाल पुग्यो, नेपाल सम्पुर्ण आयश्रोत एकिकरण अभियानमा लगाउदै र भर्खर भएको नेपाल तिब्बत युद्धमा खर्च गरेकाले आर्थिक रूपमा कमजोर थियो।
त्यस्तो बेला चिन तिब्बत संयुक्तको ठूलो संयुक्त सेना सँग लडनु निकै गाह्रो थियो।नेपाली सेनाले पाएको सुचनाका आधारमा चिनीया सैनिक नेतृत्व कर्ता फुकांग उनका मित्र हरू थुंग थांग र चुन चान मुख्य सैनिक कमाण्डर रहेका उनी हरू सँग मुख्य गरी ११००० चिनिया सेना थप ३००० तिब्बती सेना का साथै ३००० तिब्बती रिर्जभ सैनिक समेत भएको जानकारी हुन आयो।त्यसबाहेक तिब्बतले काल्लोगं होर खांगको नेतृत्वमा १०००० सेना तयारी गरीरहेका पनी थाह भयो सत्रुको मुख्य शक्ती १७०००० सेना रहेको देखीयो तर अर्को खबरले पुस्टी गर्यो कि उनी हरू सँग स्थाइ, अस्थाइ सबै गरी ६०००० देखी ७०००० सैनिक रहेका र चिनीया सेना तिन मुख्य रणमार्गमा नेपाल विरूद्ध आक्रमण गर्न परिचालन गरिएका थाह भयो।
पहिलो टोली पहिलो टोली कुती बाट सोझै नेपाल पट्टी वर्लने भएको थियो भने दोस्रो सैन्य टोली लासा, कुती,दुगुना,लिस्ती,जलवीरे, चौतारा हुदै इन्द्रावती नदी तरेर देवपुर नालदुम माहदेव पोखरी हुदै काठमाडौं हान्न हिडेको थियो र तेश्रो टोली चाही लासा बाट खार्ता हुदै पुर्वी नेपालको चैनपुर हुदै नेपाली राजधानी आइपुग्न चाहान्थ्यो।खार्ता हुदै आउने तेश्रो टोली ३००० जानाको सानो टोली थियो उनी हरूलै रसदपानी पाउन पनी असुबिधा र चैनपुर क्षेत्रमा बसोबास गर्ने स्थानीयले पनी समर्थन नगर्ने स्थिति भएपछी उनिहरूले सेना सुरूतिरै फर्काए , अन्तत चिनिया सैनिक नेतृत्वले दुइ मुख्य मार्ग कुती बाट चेगं त्सेको नेतृत्वमा तथा केरूगं बाट फुकांग आफै तथा कालोगं होर्कान्डको नेतृत्वमा नेपालमाथी आक्रमण गर्ने निर्णय गरे।

अन्तिम नेपाल तिब्बत युद्ध 
प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री जंगबाहदुर राणाको उदयपछी नेपालले राजनीतिक स्थाइत्व पाइरहेको अवस्था थियो जंग बाहदुरले आफु शक्तीमा आएपछी सेनाको निरंतर बिकासमा लागे र उनी मानसिक रूपमा तिब्बत सँग लडांका लागी तयारी गर्न थाले। किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमानपुर्ण र नेपालका लागी अहित कारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहान्थे, चिनया र ब्रिटेनलाइ पर राख्ने कार्यमा सफल भइसकेपछी जंग बाहदुरले १४००० नंया सेना भर्ती गरे त्यसै गरी ८० वटा १२ पाउन्डरको तोपहरू २४ वटा ६ पाउन्डरको तोप हरू थुप्रै संख्यामा पाहाडी मोर्टार हरू होइजार हरूको ब्यवस्था गरियो। देश शुरक्षाका लागी १२००० सेना छुट्याइ पश्चिम र पुर्वि कामन्डिङ जर्नेल हरूलाइ पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीक लाई काम लगाइ बन्दुक,गोली, युद्ध सामाग्री बनाइयो , हरेक लडाकु सैनिकलाइ बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको तयारी थियो। जुम्ला धनकुटा लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवान हरू तैनाथ गरियो।

त्यसपछी नेपालले तिब्बत लाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाइ फर्काउन। नेपाली ब्यापारी हरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणाले सन १८५५को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बाहदुर कुवंरले २५७२८ सेना का साथ गरे भने, कुती अभियानको नेतृत्व धिर सम्शेरले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङ बाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडी बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे।

शत्रु तर्फका मुख्य सेना नायक सेथ्या काजी थिए उनी सँग ५० हजार सेना रहेको थियो। तिनी हरू मध्य ८००० दिर्गाचामोर्चामा तैनाथ थिए भने ४० हजार सेना टिंगरी क्षेत्रमा तैनाथ थिए, कुनै लडांइ बिना नेपाली सेनाले केरूङ कब्जा गर्यो तर तिब्बती हरू आफु अनुकुलको ठांउमा लडनका लागी ठूलो शक्तीका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बाहदुर राणाले थप ठूलो सेना तोप सहित जगत सम्शेर तथा कर्णेल भक्त जंग कुंवरको नेतृत्वमा त्यस तर्फ पठाए। बम बाहदुरले कुकुरघाट सजिलै पार गरे दसदिन देखी झांग क्षेत्रमा लडांइ चलिरहेकै थियो थुप्रै तिब्बती सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।

उच्चपाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५००को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे तिब्बती हरूले फाएर खोले , अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनी रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए अन्तमा दुइ छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६०० तिब्बती युद्ध बन्दीको रूपमा समातिए।

अर्को लडाइ झुंग गढीमा भयो जुन अत्यान्त कठा चट्टाने पाहडमा बनेको थियो र त्य गढीमा १० हजार सम्म सेना राख्न सकिने ब्यवस्था थियो त्याह त्यति बेला ६००० तिब्बती सेना त्यसको सुरक्षाको लागी बसेका थिए।त्यांहा पनी नेपालीका लागी प्रतिकुल जलवायु थियो थुप्रै चोटी नेपाली हरूले गढी कब्जा गर्ने प्रयास गरे अन्तमा १७२१ तिब्बती मारिएपछी ११०० युद्ध बन्दी भएपछी लडांइ सकियो त्यो लडांइमा ३७२ नेपालीले पनी वीरगती प्राप्त गरेका थिए।
कुती क्षेत्रमा अगाडी बढेका जनरल धिर सम्शेर अप्रील १८५५मा चुसानमा लडांको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडी दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियो लाई पनी सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बती हरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो।गारै सँग नेपालले लडां जित्यो तिब्बती हरू पछाडी हटन थाले र लडांइ भन्दा सन्धीको कुरा गर्न थाले एक चिनियाको नेतृत्वमा एक कुट नितीक मिसन १३ अगस्ट १८५५मा कुराकानी गर्न काठमाडौं आइपुग्यो तर सहमती हुन सकेन।नेपाली सेना तिब्बतमै थिए अर्को बैठक सिकारजोंगमा बस्यो तिब्बत सँग नेपालले ९००००० रूपैया युद्धको क्षतपुर्ती माग्यो तिब्बतले तिर्न इन्कार गर्यो तर नेपाली सेना फिर्ता गर्नुपर्ने कुरा गर्यो किन भनें उनिहरू ठूलो सेना पुर्नसंगठन गर्दै थिए।
अन्तत १ नोभेम्बर १८५५मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठूलो प्रत्यक्रमण सुरूगरे नेपाली हरूका लागी यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुंवर राणा आफ्नो स्थानमा डटेर रहे जंग बहादुर राणाले जब यो खबर पाए अनी थप सेना झुंगा र कुती दुबै तर्फ पठाए धिर सम्शेरले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठांउका युद्द जिते।
नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधधानी आइपुग्यो जनवरी १८५६मा एक महिना पछि थापथली सन्धीमा नेपालका प्रधानमन्त्री जंग बाहदुर राणा तथा तिब्बतका कोलान सत्र द्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हद सम्म बेत्रावती सन्धी भन्दा नेपालको पक्षमा छ।
#copied_paste

No comments:

Post a Comment