Monday, February 8, 2016

कोइरालाले अन्तिम दुई शब्द बोलेका थिए-

कोइरालाले अन्तिम दुई शब्द बोलेका थिए-


farwesternnepali.blogspot.com नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ। कोइरालाको गएराति १२ बजेर ५० मिनेट जाँदा महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएको हो। 
 
कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र निजी चिकित्सक डा‍. करबीर योगीसँग सम्बाद गरेका थिए। उनीहरुको सँगको सम्बादमा कोइरालाले भनेका थिए– दुई शब्द त्यो हो–‘मैले बुझिसके’। कोइरालाले यो भनाईसँगै गएराति संसार छोडे। 
 
कोइरालालाई गएराति अलिक बढी गाह्रो भएपछि निजी चिकित्सक डा। योगीलाई निवासमै बोलाइएको थियो। पल्स एक्कासी कम हुँदै गएपछि उपचारका सम्बन्धमा निजी चिकित्सक योगीसँगको कुराकानीका क्रममा कोइरालाले–‘मैले बुझिसके’ भनेका थिए। 
 
गाह्रो भएपछि अन्तिम समयसम्म पनि कोइरालालाई अक्सिजन र नेवुलाइजर दिइएको थियो। कोइरालालाई पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो। उनलाई निजी चिकित्सक र आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउँदै आउनु भएको थियो।
 
कोइरालामा दमको समेत प्रभाव देखिएकोले उनले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गरेका थिए। कोइरालामा केही दिन यता निद्रा पनि कम हुँदै गएको थियो।
 
यस्तो बेलामा  टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसंग चिन्ता व्यक्त गर्ने गर्दथ्ये। 
 
पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित हुनु भएका सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न  भएका थिए। 
 
संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक नेका सभापति तथा तात्कालिन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धता अनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गरेका थिए। 
 
कोइराला अाफू प्रधानमन्त्री हुँदा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गरेका थिए। प्रधानमन्त्री पदमा रहँदा भ्रमण मार्गमा यूएइको अबुधावी, थाइलैण्डको पनि भ्रमण गरेका थिए। 
 
उनले संयुक्त राष्ट्रसंघको ६९ आैं महासभा, अफ्रो एशियाली शिखर सम्मेलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित जकार्ता र वाड।डुड् सम्मेलनमा संबोधन गरी विश्वमा लोकतन्त्रक व्यवस्थाका माध्यमबाट शान्ति,सद्भाव कायम गर्दै विश्वभर सुख शान्ति र समृद्धि फैलाउन आग्रह गरेका थिए।
 

No comments:

Post a Comment